नियम २०
कारोबार फछ्र्यौट गर्नु पर्ने
(१) कुनै दलाल वा बजार निर्माताले आफूले गरेको ऋणपत्रको दोस्रो बजार कारोबारको रकम, ऋणपत्रको प्रमाणपत्र, दाखिल खारेज पत्र, बिक्रेताको लिखत तथा अन्य आवश्यक कागजात कारोबार भएकै दिन धितोपत्र बोर्डले तोकेको समयभित्र धितोपत्र बजारमा पेश गरी कारोबार फछर्यौट गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दलाल वा बजार निर्माताले कारोबार भएकै दिन कारोबार फछ्र्यौट गर्न नसकेमा सोको कारण खोली निवेदन दिएमा धितोपत्र बजारले ऋणपत्रमा निर्धारित व्याजदर अनुसारको विलम्ब अवधिको व्याज रकम र दैनिक कारोबार मूल्यमा धितोपत्र बोर्डले तोकेको प्रतिशतका दरले विलम्ब शुल्क लिई कारोबार भएको तेस्रो दिनसम्ममा त्यस्तो कारोबार फछ्र्यौट गर्न धितोपत्र बजारले म्याद थप गरिदिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम लिइएको ब्याज तथा विलम्ब शुल्क धितोपत्र बजारले दलाल वा बजार निर्माता मार्फत सम्बन्धित ग्राहकलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम थपिएको म्यादभित्र समेत कारोबार फछ्र्यौट नगरेमा त्यस्तो दलाल वा बजार निर्माताले राखेको धरौटी रकमबाट खामेसम्म ऋणपत्र खरिद गरी वा नगद भुक्तानी गरी धितोपत्र बजारले हिसाब फछ्र्याैट गरिदिनु पर्नेछ ।
(५) दलाल वा बजार निर्माताले नियम १३ को खण्ड (ख) बमोजिम खोलेको खातामा दैनिक कारोबारबाट भएको हेरफेरको हिसाब मिलान गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम हिसाब मिलान गर्दा ग्राहकको नाममा ऋणपत्रको नयां प्रमाणपत्र जारी गर्नु परेमा बैङ्कले नयाँ प्रमाणपत्र जारी गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम नयाँ प्रमाणपत्र जारी गर्दा बैङ्कले तोके बमोजिमको दस्तुर ग्राहकले दलाल वा बजार निर्माता मार्फत बैङ्कलाई बुझाउनु पर्नेछ ।